नुवाकोटको राहत शिविरमा बाढी प्रभावित परिवारलाई सुविसुद्वारा निःशुल्क Wi-Fi इन्टरनेट सेवा

2026-09-04

नुवाकोट: बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोट, विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएको छ।

राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकहरूलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न यस सेवाले सहजता पुगेको छ।

उक्त सेवा विद्यालयका प्रधानाध्यापक श्री शिवराम श्रेष्ठ तथा समाजसेवी श्री रमेश श्रेष्ठसँगको समन्वयमा उपलब्ध गराइएको हो।


विद्यालयका प्रधानाध्यापक श्री शिवराम श्रेष्ठले भन्नुभयो,

“राहत शिविरमा रहेका २०० भन्दा बढी नागरिकका लागि सुविसुले उपलब्ध गराएको निःशुल्क Wi-Fi सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको छ। कठिन परिस्थितिमा प्रभावित परिवारहरूको सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाका लागि धन्यवाद व्यक्त गर्दछु। विपद्को समयमा गरिएको यो सहयोगले राहत शिविरमा रहेका परिवारहरूलाई ठूलो सहजता प्रदान गरेको छ।”



त्यसैगरी, समाजसेवी श्री रमेश श्रेष्ठले भन्नुभयो,

“विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ। सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारहरूलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको छ।”


विपद्को समयमा सञ्चार केवल सुविधा नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कठिन परिस्थितिमा समुदायको आवश्यकताअनुसार सहयोग पुर्‍याउने उद्देश्यले सुविसुले उक्त राहत शिविरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो।

Copyright © 2026 Subisu All rights reserved