नुवाकोट: बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकहरूको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले निःशुल्क Wi-Fi इन्टरनेट सेवाको आफ्नो सहयोगलाई निरन्तरता दिँदै नुवाकोट, विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा सेवा विस्तार गरेको छ।
विपद्को कठिन परिस्थितिमा विद्यालयमा आश्रय लिइरहेका तथा प्रभावित परिवारहरूलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले विद्यालयमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराइएको हो।
यस सेवाबाट करिब ३००–४०० जना प्रभावित नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। विपद्को समयमा सञ्चारको महत्वलाई मध्यनजर गर्दै प्रभावित समुदायलाई आवश्यक सञ्चार सेवामा पहुँच पुर्याउने उद्देश्यले सुविसुले आफ्नो सहयोगलाई निरन्तरता दिएको हो।
यस सहयोगबारे चन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री बासुदेव पंगेनीज्यूले भन्नुभयो,
“विपद्को यस कठिन परिस्थितिमा चन्द्र ज्योति माध्यमिक विद्यालयमा बसोबास गरिरहेका तथा पीडामा रहेका प्रभावित परिवारहरूका लागि सुविसुले करिब ३००–४०० जनालाई निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएर महत्वपूर्ण सहयोग पुर्याएको छ। प्रभावित परिवारहरूलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाउने यस सहयोगका लागि सुविसुप्रति हार्दिक आभार व्यक्त गर्दछु।”
विपद्को समयमा सञ्चार केवल सुविधा नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई जोडिराख्न इन्टरनेट सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। प्रभावित समुदायको आवश्यकता र परिस्थितिअनुसार सहयोग पुर्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सुविसुले निःशुल्क Wi-Fi सेवा विस्तार गरेको हो।
विपद्को समयमा SUBISU सधैँ साथमा।